फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
२४ असोज, काठमाडौं । फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
फिलिपिन्सका अधिकारीले तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानमा बस्न र डुङ्गालाई सुरक्षित राख्न आग्रह गरेका छन्।
यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए ।