सुनको मूल्य एकैदिन ४२ सयले घट्यो

आज ४२ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३५ हजारमा झरेको हो।

काठमाडौं :  नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सयले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार  १२ सय रुपैयाँले बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज ४ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ४२ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३५ हजारमा झरेको हो। बिहीबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको थियो।

सुनको मूल्य घटेपनि चाँदी भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ८५ रुपैयाँ कायम भएको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *