प्यालिस्टनीमाथि इजरायलले गरिरहेको जनसंहारविरुद्ध हस्ताक्षर अभियान सुरु

राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले सोमबार हस्ताक्षर अभियान सुरु


२४ मंसिर, काठमाडौं । संयुक्त अभियान नेपालले प्यालिस्टनीमाथि इजरायलले गरिरहेको जनसंहारविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।

राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले सोमबार हस्ताक्षर अभियान सुरु गरेको हो ।

हस्ताक्षर अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् ।

नेताहरू उपेन्द्र यादव लगायतको समर्थन रहेको बताइएको छ ।

लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *