विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर मंगलबार पेश गरिने
अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने उनले जानकारी गराए ।
२७ असोज, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ ।
मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए।
आचार्यले भने,‘केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्छौं । तर, अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने उनले जानकारी गराए ।
विशेष महाधिवशेनका लागि हस्ताक्षरको अगुवाई गरिरहेका अर्का नेता गुरुराज घिमिरेले पहिलो प्राथमिकता मंसिरभित्र नियमित महाधिवशेनकै पक्षम आफूहरु रहेको बताए।
नियमित महाधिवेशन हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने उनले बताए ।
‘नियमित गर्नुभएन भने स्वतः विशेष महाधिवेशन त्यो बोलाउन परिहाल्यो नि । तर, उहाँहरुले कुनै बेला पनि षड्यन्त्र र जालझेल गर्न सक्नुहुन्छ ।’