विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर मंगलबार पेश गरिने

अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्‍यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने उनले जानकारी गराए ।

२७ असोज, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ ।

मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए।

आचार्यले  भने,‘केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्छौं । तर, अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्‍यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने उनले जानकारी गराए ।

विशेष महाधिवशेनका लागि हस्ताक्षरको अगुवाई गरिरहेका अर्का नेता गुरुराज घिमिरेले पहिलो प्राथमिकता मंसिरभित्र नियमित महाधिवशेनकै पक्षम आफूहरु रहेको बताए।

नियमित महाधिवेशन हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने उनले बताए ।

‘नियमित गर्नुभएन भने स्वतः विशेष महाधिवेशन त्यो बोलाउन परिहाल्यो नि । तर, उहाँहरुले कुनै बेला पनि षड्यन्त्र र जालझेल गर्न सक्नुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *