विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ

उनका अनुसार एयर एसियाको उडानबाट बैंककबाट काठमाडौं आएका उनीहरूलाई ११ किलो २७५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो। 

काठमाडौं : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार एयर एसियाको उडानबाट बैंककबाट काठमाडौं आएका उनीहरूलाई ११ किलो २७५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *