अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने ट्रम्पको घोषणा
अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने
२४ मंसिर, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् ।
अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।
उनले डेमोक्याट्ससँग बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न सहकार्य गर्ने प्रस्ताव गरेका छन् ।
एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अवैध आप्रवासीहरूलाई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहोर्याएका छन् । उनले नाटोबाट बाहिर निक्लने बारे गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् ।
ट्रम्पले आफ्नो कार्यकालमा आप्रवासन, ऊर्जा र अर्थतन्त्रमा सुधारका लागि केही आदेश जारी गर्ने घोषणा गरेका छन् ।
बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने संकेत उनले गरेका हुन् ।