कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज

भेला मध्याह्न साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमा हुने नेता गुरूराज घिमिरेले जानकारी दिए ।

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो ।

भेला मध्याह्न साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमा हुने नेता गुरूराज घिमिरेले जानकारी दिए । यसघि गत आइतबारका लागि भेला डाकिएको थियो ।

तर, पार्टीले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि यो समूहले आफ्नो भेला पनि पछि धकेलेको थियो ।

विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *