भैरहवाको होटल निर्वाणामा गोली चल्यो

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेच सञ्चालनमा छ ।

भैरहवा : भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको छ। होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि  एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियारको तिघ्रामा गोली लागेको रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घाइते परियारको राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेच सञ्चालनमा छ । जहाँ दैनिक बढी भारतीय नागरिक आउने जाने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *