प्रहरीबाट लुटिएका ५४ थान गोलीसहित दुईजना पक्राउ

प्रहरीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएको गोली बिर्तामोड–२ राम चोकमा बस्ने खातुनको कोठाबाट बरामद गरेको हो।

झापा : झापामा जेनजीको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका ५४ थान गोलीसहित दुई युवक पक्राउ परेका छन्। गोलीसहित पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ राम चोकमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुन र त्यही ठाउँका २२ वर्षीय विकास टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएपसी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएको गोली बिर्तामोड–२ राम चोकमा बस्ने खातुनको कोठाबाट बरामद गरेको हो। उनको कोठामा एसएलआरको राउन्ड–३८ वटा, इन्सासको राउन्ड–१६ वटा, काँसको थाल –१ वटा, करुवा–१ वटा, पित्तलको गिलास–१ र प्रहरीको बुट–१ जोर बरामद भएको डीएसपी खड्काले बताए। सो गोली इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको थियो ।

यसअघि गत कात्तिक १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको एक थान हतियार र त्यसको गोली भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *