नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी प्रावि तृतीय तहको शिक्षक पदमा कार्यरत रही तलब,भत्तासहितको ओहोदा,लाभ तथा सरकारी सेवा  सुविधासमेत प्राप्त गरी भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवाना  गर्नुपर्ने अख्तियारको माग छ।

काठमाडौं : नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी अध्यापन गराउँदै आएका एकजना शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका-५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

शिक्षक निरौलाले श्री दीपिनी आधारभूत विद्यालयको प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपमा नियुक्ति लिनका लागि भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा परीक्षा उत्तिर्ण गरेको नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाण पत्र लिइ पेश गरेको अख्तियारको दावी छ।

नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी प्रावि तृतीय तहको शिक्षक पदमा कार्यरत रही तलब,भत्तासहितको ओहोदा,लाभ तथा सरकारी सेवा  सुविधासमेत प्राप्त गरी भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवाना  गर्नुपर्ने अख्तियारको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *