एनपीएलमा विराटनगरले टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो

त्रिवि क्रिकेट रंगशालामा हुने शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर काठमान्डुलाई  ब्याटिङको निम्तो दिएको हो।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

त्रिवि क्रिकेट रंगशालामा हुने शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर काठमान्डुलाई  ब्याटिङको निम्तो दिएको हो।

यसअघि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।

काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *