रौतहटबाट स्वचालित हतियारसहित आचार्य पक्राउ
पक्राउ परेका आचार्यका साथबाट १ थान CF-98-9 पेस्तोल र सो को म्यागजीन,इटालियन पेस्तोल एक थान र सोको म्यागजीन १ थान र १३ राउन्ड गोली,खुकुरी बरामद भएको छ ।
७ मंसिर, काठमाडौं । रौतहटमा सशस्त्र प्रहरीले स्वचालित हतियारसहित एक युवालाई पक्राउ गरेको छ । शनिबार साँझ चन्द्रपुर न ४ देउरालीचोकबाट मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका -१३ पदमपोखरी बस्ने गुणबहादुर आचार्यको छोरा २२ वर्षीय सुमन आर्चायलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र सुरक्षा बेस सन्तपुरका प्रमुख डिएसपी राजेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका आचार्यका साथबाट १ थान CF-98-9 पेस्तोल र सो को म्यागजीन,इटालियन पेस्तोल एक थान र सोको म्यागजीन १ थान र १३ राउन्ड गोली,खुकुरी बरामद भएको छ ।
आचार्यमाथि थप अनुसन्धान गर्दै हातहतियार तथा खरखजाना अनुसार कारबाही अघि बढाउने डीएसपी रुपा लाबुङले जानकारी दिइन् ।