ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि नेपालले भारतसँग खेल्दै
पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।
काठमाडौं : नेपाल पहिलो नेत्रहीन टीट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ । नेपालले उपाधिका लागि अब भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ।
श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।
पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो ।
नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।