कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
तालिकामा छैटौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफमा आफूलाई दाबेदार बनाइरहन आजको खेल जित्नै पर्ने दबाब रहेको छ।
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा आज हुन लागेको एकमात्र खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
प्रतियोगितामा कर्णालीले चार खेल खेल्दा एक मात्र जित निकालेको छ। तालिकामा छैटौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफमा आफूलाई दाबेदार बनाइरहन आजको खेल जित्नै पर्ने दबाब रहेको छ।
अर्कोतर्फ काठमान्डुले भने पाँच खेल खेलिसकेको छ। उसले पाँचमध्ये ३ खेलमा जित निकालेर ६ अङ्क बनाएर तेस्रो स्थानमा छ। पछिल्ला दुई खेलमा लगातार जित निकालेको काठमान्डु यो यात्रालाई थप लम्ब्याउने प्रयासमा मैदान उत्रिँदै छ।
कर्णालीले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। अर्कोतर्फ काठमान्डुले भने आज एक परिवर्तन गरेको छ। गोर्खाजले दिपेश कँडेलको स्थानमा भिम सार्कीलाई प्लेइङ ११ मा समेटेको छ।