गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले २२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे ।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको वीजयी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रियम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो ।

कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले २२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे ।

अन्तिम ३ बल नन्दन यादवले खेल्दा गुल्सन अर्धशतक जोड्नबाट बन्चित भए ।

यस्तै पवन सराफले २८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३५ र मार्क वाटले २५ बलमा ३० रन जोडे ।

गुल्सन र दीपक डुम्रेले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । कर्णाली १५ ओभरमा ९१/६ को अवस्थामा थियो । त्यसपछि कर्णालीले अन्तिम ५ ओभरमा ५८ रन जोडेको हो ।

बलिङमा काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *