गाँजासहित एकजना पक्राउ

प्रहरीले उनकै घरबाट ४ केजी ७ सय ५० ग्राम गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक रुपा लाबुङले बताइन्।

रौतहट : आइतबार साँझ गाँजासहित एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रौतहटको चन्द्रपुर नगरपालिका-४ सुन्दरबस्तीका ३३ वर्षीय सुमन तामाङ योन्जनलाई पक्राउ गरेको हो।

प्रहरीले उनकै घरबाट ४ केजी ७ सय ५० ग्राम गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक रुपा लाबुङले बताइन्।

आफ्नै घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तामाङको सुत्ने कोठाको पलङको घर्रामा राखिएका अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *