बालेनका बुवाको शव अस्पतालबाट निकालियो, आजै आर्यघाटमा अन्त्येष्टि गरिने
उनको आजै अपराह्न सवा तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ ।
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ ।
उनको आजै अपराह्न सवा तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ ।
आज मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा रामनारायणको निधन भएको थियो । अस्पतालका अनुसार उनको १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।