अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले भने,  ‘मेरो कार्यकाल अब साढे ती वर्ष बाँकी छ । यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु । आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु ।’

२४ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन् ।सर्वोच्च अदालतको परमादेशपछि शाक्यले बुधबार बिहान प्राधिकरणमा पुगेर पदवहाली गरेका हुन्।

प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले भने,  ‘मेरो कार्यकाल अब साढे ती वर्ष बाँकी छ । यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु । आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु ।’

सोमबार सर्वोच्चले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरिदिएको थियो। उक्त आदेशसँगै शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित भएका हुन्।

सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *