प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई धरौटीमा छोड्न आदेश

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो।

काठमाडौं : विशेष अदालतले पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो। त्यस्तै निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटी माग गरिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो। त्यस्तै निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटी माग गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीविरुद्ध भक्तपुरको नलिञ्चोकको हेलिपोर्टको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कारण धरौटी बुझाएनन्। भण्डारीले भने एक लाख धरौटी तिरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *