ज्योती मगर पनि एमाले उम्मेदवारको प्रचारमा
ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिँडेको बताइन् ।
१ पुस, काठमाडौं। नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योती मगर पनि प्रचारप्रसारमा उत्रिएकी छन्।
नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् ।
ज्योती मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी थिइन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।
ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिँडेको बताइन् । ‘युवामा पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो,’ उम्मेदवारको नाम लिँदै उनले भनेकी छन्, ‘समावेशीता चाहियो ।’