एमाले महाधिवेशन : ईश्वर पोखरेल पुगे मतदानस्थल
महाधिवेशन प्रनिनिधिहरू, नेतारकार्यकर्ताहरू भने मतदानस्थल पुगिसकेका छन् ।
१ पुस, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवार ईश्वर पोखरेल मतदानस्थल भृकुटीमण्डप पुगेका छन् ।
मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ । तर, प्रावधिक कारणले समयमै मतदान सुरु हुने सम्भावना कम रहेको एमालेका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार मतदान सुरु हुँदा चार बज्न सक्नेछ ।
महाधिवेशन प्रनिनिधिहरू, नेतारकार्यकर्ताहरू भने मतदानस्थल पुगिसकेका छन् । अध्यक्षमा उम्मेदवार पोखरेल पनि मतदानस्थल पुगेका हुन् ।
पोखरेल मतदानस्थल पुग्दा नेतारकार्यकर्ताले उनको पक्षमा नारावाजी समेत गरेका छन् ।