एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक

अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलील‍े १६६३ मत ल्याएका छन्।

३ पुस, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।

ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलील‍े १६६३ मत ल्याएका छन्। यसैगरी पोखरेलले ५६४ मत प्राप्त गरेका हुन्। ओलीले दुई तिहाई मत ल्याएर विजयी भएका हुन्। नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए।

बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *