पूर्वराजा ज्ञानेन्द्र दम्पती किन हिँडे सुटुक्क भारत ?

विदेश भ्रमण गर्दा वर्तमान भीआईपीन्र पुर्ब भीआईपीहरूले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग भ्रमण स्वीकृत गराई जानुपर्ने भए पनि शाहले त्यो नियम पालना नगरी भारत भ्रमण गएको बुझिएको छ।

सुनसरी :पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती बुधबार अपराह्न स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान गरेका छन् । उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ गएका हुन् ।

बुधबार दिउँसो ३ बजेर २५ मिनेटमा उनी झापाको काँकडभिट्टा नाका हुँदै सपरिवार भारततर्फ गएका छन्। स्रोतका अनुसार ज्ञानेन्द्र परिवारसहित भारतको पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने सिलिगुडी पुगेका छन्।

सिलिगुडी पुगेपछि पूर्वराजा ज्ञानेन्द्र परिवारसहित त्यहाँस्थित होटल मेरिअटमा बसेको स्रोतले जानकारी दिएको छ। भारत प्रस्थानको विषयमा कुनै औपचारिक कार्यक्रम सार्वजनिक नगरिएको भए पनि उनको भ्रमणलाई लिएर विभिन्न अड्कल सुरु भएको छ। विशेष गरी पछिल्लो समय नेपालमा विकसित राजनैतिक घटनाक्रमसँग उनको भारत भ्रमणलाई जोडेर हेरिएको छ।

विदेश भ्रमण गर्दा वर्तमान भीआईपीन्र पुर्ब भीआईपीहरूले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग भ्रमण स्वीकृत गराई जानुपर्ने भए पनि शाहले त्यो नियम पालना नगरी भारत भ्रमण गएको बुझिएको छ। ज्ञानेन्द्रलाई भारत जाँदा काकडभिट्टा नाकासम्म सशस्त्र प्रहरीले स्कटिङ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *