भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या घटना : बरामद बन्दुक लाइसेन्स प्राप्त
आफैंलाई गोली हान्ने राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले बताएका छन् ।
२१ पुस, काठमाडौं । भक्तपुरको थिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको घटनामा प्रयोग भएको बन्दुक लाइसेन्स प्राप्त रहेको खुलेको छ ।
घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए ।
नेम्वाङको नाममा रहेको आधुनिक हतियारले कन्चटमा गोली हानेर ४० वर्षीय सनिप चाम्लिङ राईले आत्महत्या गरेका थिए ।
आफैंलाई गोली हान्ने राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले बताएका छन् ।
मृतक राई र हतियारको लाइसेन्स लिएका सूर्य नाताले साला–भिनाजु रहेको पाइएको छ । भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरेका हुन् ।
मध्यपुर थिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौंथो तलामा राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ ।
बरामद बन्दुकमा जिएस–५ जर्मन लेखिएको छ ।