स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्। 

काठमाडौं : आइसीसी टी – २० विश्वकप ग्लोबल क्वालिफायर्सको समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपाल स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्। आज नेपालको टिममा एक परिवर्तन गरिएको छ। सुमन बिष्टलाई बेन्चमा राख्दै मनिषा उपाध्यायले प्लेइङ ११ मा मौका बनाएकी छिन्।

नेपालले पहिलो खेलमा थाइल्याण्डसँग आठ विकेट र दोस्रो खेलमा नेदरल्यान्डसँग दुई रनले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको थियो।

सुपर सिक्समा पुग्नका लागि आज नेपाल स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

नेपालको प्लेइङ ११:
इन्दु बर्मा(कप्तान),पूजा महतो (उपकप्तान), सम्झना खड्का, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, रुबिना क्षेत्री, सीता राना मगर, रिया शर्मा, रोमा थापा र मनिषा उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *