सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन्


६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको गरेको छ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेमला ९ विकेटको क्षतिमा १८५ रन बनाएको हो।

सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो ।

सुदूरपश्चिमको बलियो साझेदारी किशोर महतोले तोडे। उनले ११.६ ओभरमा ६९ रनमा १२औं ओभरको अन्तिम बलमा किशोरको बलमा ललित राजवंशीको हातमा बाउन्ड्रीमा क्याच भए।

ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे ।

सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।

जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३ ३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १ १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *