कारभित्र मृत भेटिए प्रहरीका कर्मचारी, कार अनुसन्धान विभागका इन्सपेक्टरको

मृतकको टाउको पछाडि चोट भएकाले हत्याको आशंका गरिएको छ


६ पुस, काठमाडौं । बारामा कारभित्र मृत भेटिएका व्यक्ति प्रहरीकै कर्मचारी भएको खुलेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी राजकुमार रुम्बाको शव कारमा फेला परेको हो ।

बारा प्रहरीले शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट रुम्बाको शव फेला परेको जनाएको छ ।

बाराका एसपी महेन्द्र खड्काले मृतक प्रहरीकै कार्यालय सहयोगी भएको बताए । रुम्बा सिमरास्थित विमानस्थलमा कार्यरत थिए।

उनको अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र शव फेला परेको हो । मृतकको टाउको पछाडि चोट भएकाले हत्याको आशंका गरिएको छ ।

एसपी खड्काले रुम्बाको हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि अनुसन्धान भईरहेको बताए । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्तन कुकुर मगाइएको छ ।

सो कार भने राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीको भएको खुलेको छ । रुम्बाले काम पर्यो भनेर उनीसँग कार लिएर गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *