राजिव गुरुङ उर्फ दीपक मनाङे डिल्लीबजार कारागार चलान
२७ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे मंगलबार बिहान पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले सानो भर्याङको कम्फर्ट हाउजिङस्थित आफन्त कहाँ बसेको अवस्थामा पक्राउ गरिएको हो । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।
सर्वोच्च अदालतले फैसला सुनाउपछि मनाङेलाई पक्राउ गर्न सीआईबीका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएका थिए । अन्ततः एक हप्ताको रेकीपछि सीआईबीको टोलीले मनाङेलाई बिहान १० ः४० बजे नियन्त्रणमा लिएको थियो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका मनाङेलाई आजै कारागार पठाउने प्रहरीको तयारी छ । २ वर्ष ८ महिना कैद बसिसकेका मनाङे अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ ।