शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला


८ पुस, काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।

४७ वर्षीया दनुवार आज बिहान गोकर्णेश्वरस्थित निवासमा अचेत अवस्थामा घरमा फेला परेपछि उनलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

उनलाई अमेरिकी विदेश मन्त्रालयले ‘टिप (ट्राफिकिङ इन पर्सन) हिरो’ का रूपमा सन् २०१८ मा सम्मान पनि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *