रविलाई निलम्बन गर्ने कास्कीबाट पठाइएको चिठी संसद पुग्यो

संसद सचिवालयका एकराम गिरीका अनुसार निलम्बन सिफारिशको चिठी आइतबार अबेला आइपुगेको हो


पुष ७, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ ।

संसद सचिवालयका एकराम गिरीका अनुसार निलम्बन सिफारिशको चिठी आइतबार अबेला आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

लामिछाने सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *