बालकोट हत्या प्रकरण : जेठा छोरा मिलनले बाबु र भाइको हत्या गरेको खुलासा

उनले डम्बेल र सिलौटोले हानेर बाबु र भाइको हत्या गरेको प्रहरीसामु स्वीकार गरेका हुन्


९ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका– २ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु छोराको हत्या भएको खुलेको छ ।

सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए ।

‘महाराजगञ्जबाट मिलनलाई नियनन्त्रणमा लिएका छौं । उनले हत्या स्वीकार समेत गरेका छन्’, एसएसपी भट्टराईले भने । हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान हामी गर्दैछौं ।’

मिलनले मंगलबार बिहान १० बजेतिर प्रहरी वृत्त महाराजगञ्ज पुगेर आत्मसमर्पण गरेका हुन्।

उनले डम्बेल र सिलौटोले हानेर बाबु र भाइको हत्या गरेको प्रहरीसामु स्वीकार गरेका हुन्। प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा आवेशमा आएर घटना घटाएको उनले प्रहरीलाई बताएका छन्। पारिवारिक स्रोतका अनुसार मिलन एक वर्षदेखि डिप्रेसनमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *