काठमाडौंबाट चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना , १६ जना घाइते
हाइसको अचानक ब्रेक फेल भइ अनिन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ
१२ पुस, काठमाडौं । धादिङमा हाइस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ख २८२९ नम्बरको हाइस दुर्घटना हुँदा १६ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ।
गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीलोकमार्गमा माइक्रोबस दुर्घटना भएको हो । घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि सडकमा कुनै अवरोध भएको छैन ।
हाइसको अचानक ब्रेक फेल भइ अनिन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
घाइते हुनेहरूमा तनहुँको रिसिङ गाउँपालिका–४ का २६ वर्षीय नन्दबहादुर मगर, चितवनको भरतपुर महानगरपालिका–४ का ५६ वर्षीय भिमा भट्टराई, चितवनको माडि बस्ने ४५ वर्षीय सिता सेञ्चुरी, नवलपुरको देवचुली नगरपालिका–१७ का २० वर्षीय मौसम पौडेल, लमजुङको दुधपोखरी गाउँपालिका–६ का ३५ वर्षीय बिन्दु गुरुङ, भक्तपुरको सुर्यविनायक नगरपालिका–१ ३२ वर्षीय श्रीकृष्ण श्रेष्ठ, महोतरीको जलेश्वर नगरपालिका–११ का २६ वर्षीय राम जानकारी पाण्डे, चितवनको रत्ननगर नगरपालिका–१२ का ३१ वर्षीय सुवास घिमिरे, मकवानपुरको थाहा नगरपालिका–५ का २२ वर्षीय सञ्जय तामाङ, पूर्व नवलपरासीको देवचुली नगरपालिका–१७ का ४२ वर्षीय उषादेवी पौडेल, चितवनको भरतपुर महानगरपालिका–६ का ५० वर्षीय राम कुमार रिजाल, तनहुँको बन्दिपुर गाउँपालिका–४ का ५२ वर्षीय मधुमाया मगर, गोरखाको देउराली बस्ने २९ वर्षीय सञ्जय बाठा मगर, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२४ का ४८ वर्षीय गोपाल रावत, चितवनको राप्ती बस्ने ३५ वर्षीय चन्द्र माया लामा र पूर्व नवलपरासीको गैंडाकोट बस्ने २७ वर्षीय सुरेन्द्र थापा रहेका छन् ।