खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ

डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद


१६ पुस, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहि नियन्त्रणमा लिएको हो ।

भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको छ।

सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले उनलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएका र आवश्यक कारबाहीको लागि पठाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *