नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोलामा बिहीबारदेखि राजमार्ग आंशिक बन्द गरिँदै


२८ कात्तिक, काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै नागढुंगा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा बिहीबार २९ कात्तिक देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राजमार्ग आंशिक रुपमा बन्द गरिने भनिएको छ ।
आयोजनाका अनुसार यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेका कारण राजमार्गमा आवतजावत प्रभावित हुने भएको हो ।
यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाले अनुरोध गरेको छ । ओभरटेक गरेमा कडा कारबाही हुने समेत आयोजनाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *