अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने


२८ कात्तिक, काठमाडौँ । अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । घिसिङले बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् ।उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *