आजको दिन पनि घट्यो नेप्से
२८ कात्तिक, काठमाडौँ — बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।
आज २७३४।८३ विन्दुमा बन्द भएको छ । कुल ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १३८ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कुल ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७७ हजार ८६१ पटकको सेयर किनबेचबाट १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भए ।
कुल १३ उपसमूह मध्ये ४ उपसमूहको सेयर मूल्य बढ्यो । फाइनान्स १५१।९४, विकास बैंक ७७।६१, हाइड्रोपावर २८।६१ र म्युचअल फन्डको शून्य दशमलव १० अंकले बढेको छ ।
घट्ने उपसमूहहरुमा निर्जीवन बिमा १६७।५०, जिवन बिमा १६२।६२ र उत्पादन तथा प्रशोधन ६८।६९ अंकले घटेको हो ।