टिकापुर जग्गा अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु

नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको भन्दै अख्तियारले भ्रष्टाचार भएको आरोप


१७ पुस, काठमाडौं । विशेष अदालतले कैलालीको टिकापुर नगर विकास समितिको जग्गा अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २४९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दालाई नियमित सुनुवाइ गर्ने आदेश गरेको बताए ।

२५ माघ, २०८० मा नक्कली रसिद बनाएर गलत ढंगले सार्वजनिक जग्गा व्यक्तिको नामा दर्ता गरेको आरोपमा अख्तियारले समितिका अध्यक्षहरू, पदाधिकारीहरू, कर्मचारीहरु अनि जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएकामध्ये ११० जना जग्गाधनी, १४ जना टिकापुर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् । जग्गा लिएकामध्ये ७ जनाको निधन भइसकेको छ ।

टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको भन्दै अख्तियारले भ्रष्टाचार भएको आरोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *