अमेरिका पठाउने भन्दै ५९ लाख ठगी गरेको आरोपमा २ युवा पक्राउ
प्रहरीले उनिहरुलाइृ ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ
१७ पुस, काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाइृ ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमार्डौं नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले पक्राउ पर्नेहरूमा छन् ।
सिनामंगलबाट उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।
बेरोगजार युवायुवतीहरूलाई उनीहरुले अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।