सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ


२२ पुस, काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । आजै २२ पुस बाट लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढेको हो ।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *