प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलका लागि बोलायो
प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा बोलाएको छ ।
प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो ।
आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१ /८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।