बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु

उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो


३ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु भएको छ। बंगलादेशको विमानबाट बिहीबार बिहान विमानस्थल ओर्लिने वित्तिकै उनी सिकिस्त भएका थिए।

३० वर्षीय चिनियाँ नागरिक बिन लिन स्याङ बेहोस भएपछि विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए। विमानस्थलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो। तर,अस्पताल ल्याइ पुर्‍याउनुअघि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

उनको मृत्युको कारण भने खुलेको छैन।

आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए। विमानस्थल स्रोतका अनुसार घटनाबारे नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिएको छ। उनी आनहुई प्रान्तका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *