रुपन्देहीमा कुटपिटबाट भारतीय नागरिकको मृत्यु

कृष्णले इँटाले हान्दा गम्भीर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु


४ माघ, काठमाडौं । रुपन्देहीमा कुटपिटको कारणले एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना इँटा उद्योगमा परिवारसहित कार्यरत रहेका केवट र उद्योगमै ट्याक्टर चालकको रुपमा कार्यरत सियारी गाउँपालिका–६ का १९ वर्षीय कृष्ण केवटबीच विवाद भइ कुटपिट भएको थियो ।

कृष्णले इँटाले हान्दा गम्भीर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीले बताए ।

आरोपी कृष्णलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *