बारामा १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ
४ माघ, काठमाडौं । बारामा यसवर्ष १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र बाराका र्थविज्ञ गणेश महराका अनुसरा यहाँका किसानले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका हुन् ।
उनका अनुसार सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।
जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए ।
गत वर्ष प्रतिहेक्टर १५ दशमलव नौ प्रतिशतले आलु उत्पादन भएको थियो ।