भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय
पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबी अल–कादिर विश्वविद्यालयका ट्रस्टीहरूमध्ये पर्छन्
४ माघ, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना सुनाएको छ। अल–कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा इस्लामाबादको एक अदालतले पहिले नै उनिलाई जेल सजाय सुनाएको थिए ।
इमरान खानकी श्रीमती बुशरा बीबीलाई सोही मुद्दामा सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ। अदालतले सरकारलाई अल–कादिर ट्रस्टको नियन्त्रण लिन पनि आदेश दिएको छ।
अदालतले उक्त सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए।
इमरान खान र उनकी श्रीमती बुशरा बीबी विरुद्ध १९ करोड पाउन्ड वा अल–कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनले अल–कादिर विश्वविद्यालयलाई ४५० कनाल (५६ एकड) भन्दा बढी जग्गा दान गरेको विषयसँग सम्बन्धित छ।
पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबी अल–कादिर विश्वविद्यालयका ट्रस्टीहरूमध्ये पर्छन्।