विपक्षी दलहरूको बैठक सुरु
नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो
४ माघ, काठमाडौं । सरकारमाथि दबाब बढाउन विपक्षी ६ दल आज शुक्रबार पनि छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबहाक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायत उपस्थित छन् । बैठकले छिटो संसद् अधिवेशन डाकेर अलपत्र विधेयकलाई अगाडि बढाउन दबाब दिने तयारी पनि गरेको छ । बैठकपछि ल्होत्से हलमा विपक्षी ६ दलले पत्रकार सम्मेलन गर्दैछन् ।
आजको बैठक लगत्तै विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दैछन् ।
सरकार विरुद्ध मोर्चाबन्दीमा लागेका विपक्षी दलहरूले पत्रकार सम्मेलनअघि आवश्यक छलफल थालेको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको कार्यशेली विरुघ विपक्षी दल, समाजवादी मोर्चाको अतिरिक्त मधेस केन्द्रित दलहरूले पनि गतिविधि बढाउन थालेका छन् ।