खो खो विश्वकपमा नेपालको इतिहास, युगान्डालाई हराउँदै महिला टोली फाइनलमा

नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो


५ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शनका साथ महिला टोली फाइनलमा पुगेको छ । शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली महिला राष्ट्रिय खो खो टोलीले ऐतिहासिक फाईनल यात्रा तय गरेको हो ।

नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।

नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *