लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागीबाट साढे ३ लाख बढीको क्षति

७० वर्षीया मिना बैद्य पाण्डेको किचेन र २ वटा कोठामा आइतबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट


६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित कम्फर्ट हाउजिङ अपार्टमेन्टमा आगलागीबाट साढे ३ लाख बढीको क्षति भएको छ।

अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएकी ७० वर्षीया मिना बैद्य पाण्डेको किचेन र २ वटा कोठामा आइतबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। प्रहरीका अनुसार कम्प्युटर, प्रिन्टर, टिभी, दराज, फ्रिज लगायतका सरसामान जलेर नष्ट भएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *