कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
शंकाका आधारमा चेक जाँचगर्दा १२ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद

६ माघ, काठमाडौं । कैलालीमा आइतबार दिउँसो करिब साढे १२ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट प्रहरीले धनगढी–४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र धनगढी–१३ झलारी बस्ने १८ वर्षीय नविनकुमार ऐरलाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले सुपप्र ०२ ००३ प ६११५ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंकाका आधारमा चेक जाँचगर्दा १२ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको जानकारी दिए ।