मेयर साम्पाङलाई मन्त्री यादवको खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन

एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता


८ माघ, काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान आश्वासन दिएका छन्। धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन दिएका हुन्।

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले धरानका जनताको माग अनुसार खानेपानी मन्त्रालयले काम गर्ने र धरानको समस्या छिटै समाधान हुने बताए। मन्त्री यादवले धरानमा मात्र हैन देशैभरको खानेपानीको समस्या समाधान गर्ने दावी गरे।

मेयर साम्पाङले खानेपानी मन्त्री यादवसँगको भेटपछि धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए। धरानको खानेपानी समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *